प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द



काठमाडौं,असार ६ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्