नुवाकोट पञ्चकन्याको नीति तथा बजेट भव्य कार्यक्रमसहित सुरु



नुवाकोट,असार ९ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा बजेट कार्यक्रमको वक्तव्य सुरु गरेको छ।

गाउँपालिकाले स्वास्थ , शिक्षा, कृषि, पुर्वाधार,सुशासन सहितको समृद्द पञ्चकन्या गाउँपालिकाका सेवा क्षेत्रका विभिन्न क्षेत्रलाई प्राथमिकीकरणका आधारमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक तयारी गरेको जनाएको छ। 

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले नीति तथा कार्यक्रमको प्रारम्भिक दस्ता प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिकाको वास्तविक सपना पूरा गर्न सवैको साथ र सहयोग हुनु पर्नेमा जोड दिएका छन् ।

पछिल्लो निर्वाचनका क्रममा राखिएका वाचा र प्रतिवद्धतालाई पूरा गर्न सधै क्रियाशिल रहने वताउँदै,विकास र समृद्धि हासिल गर्न अनेकौ चुनौतीका वावजुत विभिन्न प्राकृतिक सम्पदाले समेत भरिपूर्ण पञ्चकन्याको समस्या बुझि निति तथा बजेट प्रस्तुत गर्न लागेको धारणा राखे ।

पञ्चकन्या गाउँवासीहरुको समृद्धि र सुखका निम्ति सदैव प्रतिवद्ध रहने अध्यक्ष तामाङले बताए । गाउँपालिकाले शिक्षा,स्वास्थ ,पुर्वाधार ,पर्यटन ,रोजगारी ,सामाजिक विकास ,सुसासन सहित विभिन्न क्षेत्रलाई समेटेर गाउँपालिकाले आज बिहीबार नीति तथा कार्यक्रम गर्न लागेको नेता तामाङले बताए । गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरणा खर्च ब्यवस्थापन गरेको छ । त्यस्तै गाउँपालिका क्षेत्रका ८० वर्ष कटेका नागरिकलाई निशुल्क औसधि उपचार खर्च गाउँपालिकाले गरिदिने भएको छ ।बाजागाजासहित सुरु भएको कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङको समेत उपस्थिति रहेको छ । गाउँपालिकाको नयाँ बजेटको बजेट शुक्रबार पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्