माओवादी छोडेर स्वतन्त्र बसेका दाङका जीवन गौतम एमाले प्रवेश



दाङ,असार १० । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला ईञ्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तह निर्वाचनको मनोनयनको केही दिन अघि गौतमले पार्टी छोडेको घोषणा गरेका थिए । पत्रकार सम्मेलन गर्दै आफु स्वतन्त्र रहेको जनाएका गौतम अहिले नेकपा एमालेमा प्रवेश गरेका हुन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई काठमाण्डौंमा स्वागत गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको मेयरमा उठेका थिए ।

यसपालीको निर्वाचनमा उनले टिकट नपाउने संकेत पाएपछी पार्टी छाडेको आरोप लाग्ने गरेको छ । तर, माओवादी पार्टी पद्धती अनुसार नचल्ने, वेतिथी रहेको आरोप गौतमले लगाएका थिए ।

अहिलेको निर्वाचनमा घोराही उपमहानगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका नरुलाल चौधरी मेयरमा र उपमेयरमा हुमा डिसी निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्