नुवाकोट पञ्चकन्या गाउँपालिकाको बजेट ४५ करोड ६६ लाख



नुवाकोट,असार १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले आउदो आर्थिक वर्षका लागि आवश्यक बजेट प्रस्तुत गरेको छ । कुल ४५ करोड ६६ लाख ६९ हजार ७३८ रुपैयाँको बजेट प्रस्तुत भएको हो ।

जसमध्ये चालुतर्फ २६ करोड ५० लाख ८६ हजार ७३८ अर्थात् ५८ प्रतिशत र पुँजीगततर्फ १९ करोड १० लाख ८३ हजार अर्थात् ४२ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । बजेटमा पुँजीगत भन्दा चालु खर्च बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्