नेपाल डेरी एशोसिएशनको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

काठमाडौं,असार १२ । नेपाल डेरी एशोसिएशन NDA को अध्यक्ष पदमा प्रल्हाद दाहाल निर्विरोध चयन भएका छन् ।
असार १० गते र ११ गते हेटौंडामा भएको एशोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं महाधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि दाहालले एशोसिएशनमा तीन कार्यकाल महासचिव, एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल उपाध्यक्ष भएर संगठनको नेतृत्व गरिसकेका छन् ।
हिमालयन डेरी एण्ड रिसर्च सेन्टर काभ्रेका सञ्चालक र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्यसमेत रहेका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको पनि सदस्य रहेका छन् ।