सूर्या र ज्योति लाइफ एक हुने, दुबै कम्पनीले गरे मर्जरमा जाने सम्झौता



काठमाडौं,असार १२ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्ज हुने सम्झौता भएको छ । आइतबार एक कार्यक्रमकाबीच दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरेका हुन् । होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुना साथ डीडीएलगायत मर्जर सम्बन्धी अन्यकार्यहरु दु्रतगतिमा अगाडि बढाइने जानकारी दिएको छ ।

नियमनकारी निकाय बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सिमाभित्रै चुक्ता पुँजी बृद्धी गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भएपश्चात् कम्पनीका शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाईं लाभ हुने विश्वास दुवै कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्