फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी



एजेन्सी, असार १३ । मध्य फिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ ।

मामा मेरी–क्लो नाम गरेको डुंगामा भएको आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ । आगलागी लगत्तै भएको उद्धारकार्यले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको छ ।

१५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्