सुन तोलामा ४ सय रुपैयाँले बढ्यो, चाँदी कति ?



काठमाडौंअसार १३। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्