ककनीलाई रोजगारमुखी बनाउने नीति तथा कार्यक्रम आवश्यक



नुवाकोट,असार १३ । पर्यटकीय दृष्टिकोणले प्रसिद्धि कमाएको ककनी गाँउपालिकाका अध्यक्ष सुमन पाख्रिन सज्जनले ककनीलाई रोजगारमुखी बनाउने वचन दिएका छन् ।

पर्यटन तर भौगोलिक दुर्बलताका कारण पछि परेको ककनी गाउँपलिकाका विभिन्न शिर्षकमा नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । 

गाँउपालिकाको रोजगार सेवा केन्द्रले आयोजना गरेको अभिमुखीकारण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पाख्रिनले ककनीबासीलाई आत्मनिर्भर बनाउन पासाङल्हामु राजमार्ग प्रमुख मेरुदण्ड रहेकाले छिटोभन्दा छिटो सडक निर्माणका लागी पहल गरिने बताएका छन् । 

लामो समयदेखी विभिन्न कारणले निर्माण रोकिएको सडकका कारण सामान्य ब्याबसायका लागि पनि ठूलो समस्या झेल्नुपरेको अध्यक्ष तामाङले बताए ।  कार्यक्रम मार्फत रोजगार सेवा केन्दले रोजगार सृजना गर्ने विभिन्न स्रोतहरु देखाएकाले ककनीलाई आत्मनिर्भर बनाउनमा आफु केन्द्रित रहने बताए । ककनीलाई कृषिमुखी बनाउन माछापालन, स्ट्रबेरी खेती, अन्य उत्पादनमार्फत आर्थिक विकास गराउने र कुनै पनि तामाङले जमिन बाँजो राख्न नपाउने नितीमा आफु लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्