१०० रुपैयाँले बढ्यो सुनको मूल्य



ककाठमाडौं, असार १५ । बुधबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्