नुवाकोटको थान्सिङमा मनाइयो धान दिवस



नुवाकोट,असार १५ । जिल्लाको लिखु गाउँपालिकास्थित थान्सिङमा धान दिवस मनाइएको छ ।

२०६२ सालदेखि देशव्यापी रुपमा मनाइदै आएको धान दिवस नुवाकोटका विभिन्न स्थानीय तहका जनप्रतिनिधिको अगुवाईमा थान्सिङमा मनाइएको हो ।

बुधबार थान्सिङ्का स्थानीय दिपक पन्तको जग्गामा धान रोपी धान दिवस मनाइएको स्थानीय बसन्त पन्तले बताए । उनका अनुसार सो कार्यक्रममा ककनी, तादी,शिवपुरी र पञ्चकन्याका जनप्रतिनिधि तथा जिल्ला प्रमुख अधिकारी लगायतको समेत सहभागिता रहेको थियोे ।

कार्यक्रममा लोकप्रिय नौमती बाजागाजासहित असारे गीतको समेत प्रस्तुति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्