समयमै जनताका काम गर्नुस: शहरी विकास मन्त्री चाैधरी



काठमाडौं,असार १५ । शहरी विकास मन्त्री मेटमणि चाैधरीले जनताका काम समयमै गर्न निर्देशन दिएका छन् । वुधवार मन्त्रालय अन्तर्गत काठमाडौ उपत्यका विकास प्राधिकरण अनामनगरकाे अनुगमन तथा निरिक्षण गर्दै मन्त्री चाैधरीले जनताका काम समयमै सम्पन्न गर्नका लागि निर्देशन दिएका हुन् ।

म कुनै कर्मचारीहरुकाे सरुवा,वढुवा लगायतमा पछाडि लाग्दैन तपाईंहरु नेपाल सरकारका निति नियम,कानुनभित्र रहेर जनताका काम समयमै गर्नुस त्यसमा मेराे सहयोग रहन्छ ।

मन्त्रालय अन्तर्गतका विभिन्न आयाेजना,विकास समितिहरुवाट जनताले समयमै सेवा लिन नसकेको गुनासो रहेकाले सवै कर्मचारीहरु जनताका काममा गम्भीर वनेर समयमै सेवा दिनुस मन्त्री चाैधरीले भने`जनताका काम नगर्ने,काममा ढिलासुस्ती गरेर कहिले कुन शाखा कहिले कुन शाखा भन्दै जनतालाई सास्ती दिनुभयो भने म नाेटिस गरेर कारवाही गर्ने दिन नआहाेस ।´

प्रतिक्रिया दिनुहोस्