बाबुराम र उपेन्द्र छुट्टिने सहमति !



काठमाडौँ,असार १६ । जनता समाजवादी पार्टी फेरि फुट्ने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराई सहमतिमै अलिग्गने भएका हुन् ।उनीहरुबीच सहज तवरले अलग हुने सहमति भएको बताइएको छ ।

भट्टराईसँगै जसपाका केही नेताहरु जानेछन् । अध्यक्ष यादवले भट्टराई पक्षलाई कारवाही गरेपछि विवाद चर्किएको थियो । यससँगै अब छुट्टिने सहमति भएको हो ।

जसपाबाट यसअघि महन्थ ठाकुर पनि अलग भएका थिए ।

प्रतिक्रिया दिनुहोस्