रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी



काठमाडौं,असार १७ । रवि लामिछानेको स्वतन्त्र पार्टी दर्ता भएको छ । निर्वाचन आयोगमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको हो । निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरेपनि केही परिमार्जन भएर सो दलको चुनाव चिन्ह गोलाकारभित्रको घण्टी राख्ने निर्णय भएको बताइएको छ ।

दल दर्ताका लागि पूर्व पत्रकार लामिछानेले असार ७ गते आयोगमा निवेदन दर्ता गराएका थिए । दल दर्ताको निवेदन दिएको दश दिनमा सो दल दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्