आफैले बनाएको पार्टीले वामदेव गौतमलाई सात दिनमै निष्कासन गर्यो



काठमाडौं,असार १८ । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले सो पार्टीका संयोजक वामदेव गौतमलाई निष्कासन गरेका छन् ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए ।

यस अघि समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्