नेपालमा फेरि बढ्यो इन्धनको भाउ, कुनमा कति ?



काठमाडौं,असार २० । नेपालमा इन्धनको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको हो ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । आज रातिदेखि नयाँ मूल्य लागू हुने आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।   

पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्