टोखा नगरको नगरसभा सम्पन्न, २ अर्ब ११ करोड ५६ लाख रुपैंयाँको बजेट सर्वसम्मतले पारित



काठमाडौं,असार २० । टोखा नगरको नगर सभा सम्पन्न भएको छ । सोमबार एक कार्यक्रम बीच टोखाको सद्भाव बैंकेटमा एघारौं अधिवेशन सम्पन्न गरेको हो ।

नगर सभाले आउदो आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मतिले पारित गरेको छ । नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आगामी आर्थिक २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम पारित गरियोस् भनि नगरसभामा प्रस्तुत गरेका थिए ।

सभाका सदस्यले तालि बजाएर सर्बसम्मत रुपमा पारित गरेको घोषणा गरिएको थियोे । सभामा नगर प्रमुख अधिकारीले सम्बोधन गर्दै नगरबासीको जनचाहनालाई मध्य नजर राख्दै बजेट निर्माण गरिएकाले कसैले शंका उपशंका व्यक्त नगरी आगामी दिनमा नगर बिकासको हितमा सबैले सहयोग गर्न अपिल गरेका छन् ।

नगरसभामा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९।०८० को लागि २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैंयाँको बार्षिक बजेट प्रस्तुत गरेका थिए । नगरसभामा उपप्रमुख तामाङले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९।०८० विनियोजन विधेयक समेत प्रस्तुत गरेका थिए । टोखा नगरका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले टोखा नगरपालिकाको समग्र विकास र समृद्धि गर्ने गरी बजेट तथा नीति कार्यक्रम ल्याइएको बताए । सभामा विभिन्न पार्टीका नेता तथा संघसंगठनका पदाधिकारी, आर्थिक क्षेत्रका विशेषज्ञ लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्