रोटरी राजधानीद्वारा मोतियाबिन्दु शल्यक्रिया गर्ने उपकरण हस्तान्तरण



काठमाडौं,असार २७ । रोटरी क्लब अफ राजधानीले मोतियाबिन्दु शल्यक्रिया गर्ने उपकरण हस्तान्तरण गरेको छ । क्लबले टिचिङ अस्पतालमा रहेको बी.पी. कोइराला लायन्स सेन्टर फर ओप्थाल्मिक स्टडीजलाई फेको इमल्सिनफिकेसन मेसिन सहयोग गरेको हो ।

यो मेसिनबाट भिक्रेटोमी समेत गर्न मिल्छ । यस मेसिनका अन्य आवश्यक पार्टपुर्जा पनि सहयोग गरिएको छ । यो मेसिनमार्फत मोतियाबिन्दुको शल्यक्रिया गुणस्तरिय र सुरक्षित हुनेछ । रोटरीको ग्लोबल ग्रान्ट अन्तर्गत रोटरी क्लब अफ राजधानीले ४७ हजार ६०९ डलर बराबर मूल्यको यो मेसिन हस्तान्तरण गरेको हो । क्लबले सोमबार अस्पतालमा गरेको हस्तान्तरण कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपालका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारी, आरआरएफसी पुर्व डिस्ट्रिक्ट गभर्नर बासुदेव गोल्यान, रोटरी राजधानीका अध्यक्ष निश्चल बहादुर श्रेष्ठले अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर सगुन नारायण जोशीलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन ।

क्लबका अध्यक्ष श्रेष्ठले क्लबले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समर्पित गर्दै आएको बताए । यो मेसिन उपलब्ध गराउन सहयोग गर्ने अन्तर्राष्ट्रिय पार्टनर क्लबमा भारतको रोटरी क्लब अफ दिल्ली अशोका पनि रहेको छ । यो क्लबले ६ हजार डलर सहयोग गरेको परियोजनाको फस्ट कन्ट्याक्ट् एवं क्लबका पुर्व अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी गराए ।

यस्तै क्लबका सदस्य एवं मामा फाउन्डेसनका डा. शंकरप्रसाद आचार्यले क्लबमार्फत अस्पताल हातामा रहेको एउटा बाटिकाको मर्मत सम्भारका लागि गर्नुभएको एक लाख रूपैयाँ पनि सहयोग उपलब्ध गराईएको छ । अस्पताल हातामा रोटरी क्लबको मार्ग निर्देशक रहेको फोरवे टेस्ट पनि राखिएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ राजधानीले यसअघि वीर अस्पताल, स्टार अस्पताललगायत अन्न विभिन अस्पताल एवं संघ संस्थालाई पनि विभिन्न उपकरणसहित आर्थिक सहयोग निरन्तर गर्दै आएको क्लबका पुर्व अध्यक्ष मिथिलेश कुमार झाले बताए ।

प्रतिक्रिया दिनुहोस्