गुल्मी खर्ज्याङ खोलामा एक जना पुरुष मृत फेला
गुल्मी,असार २८ । गुल्मी जिल्लाको खर्ज्याङ खोलामा एक जना पुरुष मृत फेला परेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर- ५ निवासी ६७ वर्षका कृतिकुमार श्रेष्ठ सोमबार बेलुकी मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।
स्थानीयले खर्ज्याङ खोलाको किनारमा घोप्टो परी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धानको लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा टोली खटिएको छ ।