कास्कीमा रुखमा झुण्डिएको अवस्थामा काभ्रेका युवक-युवतीको शव फेला
कास्की,असार २८ । कास्कीको अन्नपूर्ण गाउँपालिका-७ पानीपोखरी भन्ने स्थलको जङ्गलमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको छ ।
उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका-१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।
मंगलबार घाँस काट्न गएका स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।