सवारी ज्यान मुद्धामा फरार अभियुक्त कारागार चलान
प्युठान,असार २८ । सवारी ज्यान मुद्धाका एक जना फरार अभियुक्तलाई कारागार चलान गरिएको छ। जिल्ला अदालत, प्युठानबाट दोषी ठहर भएका प्यूठान नगरपालिका वडा नं.१० हाडीगैराका ३३ वर्षिय विष्णु बहादुर जिसीलाई कारागार चलान गरिएको हो।
८ दिन कैद सजाय भुक्तानका लागि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।सवारी ज्यान सम्बन्धी कसुर मुद्धामा जिसिलाई जिल्ला अदालत प्यूठानले २०६९ फागुन १७ गते ८ दिन कैद सजाय तोकेको थियो। त्यस यता जिसि फरार रहेका थिए।
जिल्ला अदालतको फैसला कार्यान्वयनकै क्रममा फरार रहेका जिसी ९ वर्ष पछि आफ्नै घर परिसरबाट पक्राउ परेका हुन् ।