नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा १० वर्षिया बालिका बलात्कृत



नुवाकोट,असार २८ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ मा १० वर्षिया बालिका बलात्कृत भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालाय नुवाकोटको अनुसार बालिकाको हाल त्रिशुली अस्पतालमा उपचार भैरहेको छ भने बलात्कार गर्ने १७ वर्षका युवक भने फरार छन् ।

प्रहरीका अनुसार पाङरका १७ वर्षिय युवकले १० वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको खुल्न आएको बताइएको छ । घटनाको अनुसन्धान भैरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्