सरस्वती माबी बाङ्गेसाल बन्यो प्युठानकै उत्कृष्ट बिद्यालय



प्युठान,असार २८ । सामाजिक बिकास डिभिजन कार्यालय प्युठानले जिल्लाको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउने रोल्पा तथा प्युठानका उत्कृष्ट बिद्यालय सहित तीन दर्जन बढीलाई सम्मान गरेको छ। कार्यालयद्वारा मंगलबार प्युठानको भिङ्रीमा आयोजित कार्यक्रममा उत्कृष्ट सामुदायिक बिद्यालय, उत्कृष्ट्र शिक्षक तथा कर्मचारी लगायत ४२ जनालाई नगद सहित सम्मान गरेको हो।

हरेक बर्ष सरकारले प्रदान गर्ने उत्कृष्ट विद्यालय पुरस्कारमध्ये यस बर्ष प्युठानको सरुमारानी गाउँपालिका -१ स्थित सरस्वती माबी बाङ्गेसाल र रोल्पाको सुनिलस्मृती गाउंपालिकास्थित रामेश्वरी माबी घोडागाउंलाई जिल्लाकै उत्कृष्ट्र बिद्यालयको रुपमा पुरुस्कृत गरिएको सामाजिक बिकास डिभिजन कार्यालय प्युठानका प्रमुख बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो। उहाका अनुसार पुरुस्कारको राशी जनही दुई लाख रुपियाका दरले रहेको छ।

यसै गरि, शैक्षिक संस्था प्रोत्साहन कार्यक्रम अन्नतर्गत प्युठान जिल्लाका नौ वटै पालिकाका २४ र रोल्पाका १८ जना उत्कृष्ट शिक्षक तथा कर्मचारी र बालविकास केन्द्रका उत्कृष्ट सहजकर्ताहरुलाई जनही नगद १५ हजार सहित सम्मान गरिएको भुसालले जानकारी दिनुभयो ।

प्युठानबाट को को भए सम्मानित ?
सरुमारानी गाउँपालिका
– सरस्वती मा.वि. बाङ्गेशालबाट शिक्षक ऋषिराम आचार्य
– सरस्वती मा.वि. चाभाबाट यमराज खनाल
– श्रमरानी मा.वि. वूढीचौरबाट कुमारी खिमा घर्ती

माण्डवी गाउँपालिका
– गणेश मा.वि. तिरामबाट बलराम पुन मगर
– माण्डवी मा.वि.बाट अजिता कार्की
– पर्मेश्वरी प्रा.वि.बाट छमा पुन मगर

ऐरावती गाउँपालिका
– पाटेश्वरी प्रावि पकलाबाट दामोदर शर्मा
– शान्ति प्रा.वि.बाट सिमा घर्ति

प्यूठान नगरपालिका
– भुवनेश्वरी मा.वि. खैराका शिक्षक शोभाराम भट्टराई
– त्रिवेणी प्रा.वि.का फना भण्डारी
– पद्मा प्रा.वि.का सहजकर्ता सीता खड्का

स्वर्गद्वारी नगरपालिका
– उमा महेश्वरी मा.वि. सारीका रत्नवहादुर रावत
-जनता मा.वि. बर्जिवाङ्ग टोपबहादुर थापा
– पृथ्वी प्रा.वि. धनवाङकी शिक्षिका दिलमाया बुढा

नौबहिनी गाउँपालिका
– लुप्लुङ मा.वि. लुप्लुङ्गका शिक्षक बसन्त प्रसाद भण्डारी
– गंगा मा.वि. बाहानेबाट नारायण पौडेल
– हिमशिखर प्रा.वि.कि कमला बुढा

गौमुखी गाउँपालिका
– जनसहयोगी आधारभुत विद्यालयका शिक्षक अमृत के.सी.
– जनज्योति आधारभुत विद्यालयबाट तुलसी गिरी
-गौमुखी आधारभुत विद्यालयबाट जिता बुढा

झिमरुक गाउँपालिका
– चिरायु मा.वि. चिसावाङबाट सिता पोख्रेल
– अमर सिह मा.वि. सौतामारेबाट मधु रोका
– सीता मा.वि. कुताबाट विमला के.सी.

मल्लरानी गाउँपालिका
– महेन्द्र मा.वि. खंलगाबाट शिक्षक ध्रुव गिरी सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्