चोभार बन्दरगाहबाट निर्यात
काठमाडौं ,असार २९ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहबाट निर्यात शुरू भएको छ । मंगलवार एक ट्रक फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) डेनमार्क निर्यात भएको चोभार भन्सार कार्यालयले जानकारी दिएको छ ।
मंगलवार पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए । उनका अनुसार यस दिन एभरेस्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो ।
प्रशासक बडुवालका उनका अनुसार ४३ हजार ४६७ यूरो (५५ लाख ७१ हजार रुपैयाँभन्दा बढी) बराबरको वस्तु निर्यात भएको हो ।
१५ कन्टेनर सामग्री आयात
चोभारमा निर्माण गरिएको उक्त बन्दरगाह गत चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट औपचारिक रूपमा उद्घाटन भएसँगै सञ्चालनमा आएको हो । बन्दरगाह सञ्चालनमा आएयता १५ ओटा कन्टेनरमा ७ करोड ३९ लाख रुपैयाँभन्दा बढी मूल्यको सामग्री बन्दरगाहमा भित्रिएका छन् ।
चोभार बन्दरगाहमा हाल वीरगञ्ज, मेची, विराटनगर, भैरहवा र पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तुमात्र सीधै चोभार भित्रन पाउनेछन् ।
उक्त पाँच भन्सार कार्यालयबाहेक अन्यबाट नेपाल प्रवेश गर्ने मालवस्तु चोभार भित्रने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यालय तोक्नुपर्छ । सरकारले चोभार सुक्खा बन्दरगाह निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो । लामो तयारीपछि १अर्ब ६० करोड रुपैयाँ लागतमा २६१ रोपनी जग्गामा बन्दरगाह निर्माण गरिएको हो । आर्थिक अभियानबाट