यसरी भर्न सकिन्छ अनलाइनबाट नयाँ मतदाता परिचयपत्र



काठमाडौं,असार २९ । निर्वाचन आयोगले अनलाइन मार्फत नै मतदाता परिचयपत्र भर्न सकिने व्यवस्था मिलाएको छ।

बुधबारदेखि सुरु भएको यो सेवा मार्फत नयाँ सेवाग्राहीले मतदाता परिचयपत्रको विवरण भर्न सकिने भएको हो । सेवाग्राहीले निर्वाचन आयोगको वेबसाइटमा रहेको मतदाता नामावली प्रि-रजिष्ट्रेशनमा गएर आफ्नो मोबाइल नम्बर राखेपछि आउने ओटिपी राख्‍नपर्छ।

ओटिपी राखेपछि खुल्ने ड्याशबोर्डमा आउने सूचनाको अन्त्यमा आउने हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन् भन्ने विकल्पमा क्लिक गरेपछि खुल्ने विन्डोमा आफ्नो स्थायी ठेगाना, व्यक्तिगत विवरण, नागरिकताको विवरण लगायत सोधिएका प्रश्न पश्चात समिट बटनमा क्लिक गरेर आयोगको डाटा सेन्टरमा पठाउनु पर्नेछ । सबै विवरण राखेर फर्म समिट गरेसँगै त्यहाँ तपाईंलाई एउटा संकेत नम्बर प्राप्त हुनेछ ।

प्राप्त भएको सङ्केत नम्बरको पेज तपाईंले प्रिन्ट वा सेभ गरेर राख्नुहोस्। सो पश्चात आफ्नो कागजात लिएर फोटो तथा औँठा छाप दिनका लागि आफूलाई पायक पर्ने निर्वाचन कार्यालयमा उपस्थित भइ फोटो तथा औंठा छाप दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्