उपसभामुखमा एमालेबाट विद्या भट्टराईले दिइन् उम्मेदवारी
काठमाडौं,साउन ३० । नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।
बिहीबार संसद् सचिवालय पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।