विवादमा परेका गभर्नरले राजीनामा दिनु पर्छ : नारायणकाजी श्रेष्ठ
काठमाण्डौँ,असार ३०। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उनले राजीनामा दिनु पर्ने माग गरेका छन् ।
बिहीवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले गर्भनर अधिकारीले पद छोड्नु नै बेश हुने बताए ।
७३ सालमा एमालेको अर्थ विभागमा जो थिए , ती अहिलेका गभर्नरनै भएको र अहिले त्यही जिल्लाको एम अधिकारी अर्कै भए प्रमाणित गर्नु पर्यो, ढाँटछल गरेर हुन्छ त ? श्रेष्ठले प्रश्न गरे । कम्तीमा पनि नैतिकताको आधारमा अहिले राजीनामा दिएर छानविनका लागि सहयोग गर्नु पर्ने उनको भनाई छ ।
उनले एसपीपीमा संलग्न नहुने भनेर सरकारले अमेरीकालाई पत्र लेख्नु पर्ने पनि बताए ।