नियमित मर्मत सम्भारको लागि अन्नपूर्ण केवलकार १ हप्ता बन्द रहने



काठमाडौं,असार ३० । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि बन्द हुने भएको छ ।

प्राप्त जानकारी अनुसार यही २०७९ साल असार ३१ गते देखि श्रावण ६ गते सम्म बन्द रहने भएको हो ।

केवलकारको सेवा मिति २०७९ साल श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्