नुवाकोटको विदुरमा कृषकलाई कृषि सामग्री वितरण
नुवाकोट,असार ३० । जिल्लाको विदुर नगरपालिकामा कृषकलाई कृषि सामग्री वितरण गरिएको छ ।
बिहीबार सम्पन्न एक कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम विकासको पाँचौ चरणको कार्यक्रममा कृषि सामग्री वितरण गरिएको हो ।
उपयुक्त प्रविधिमा पहुँच कार्यक्रम अन्तर्गत किसानहरुलाई ब्याडको बोका, कृषि सामग्रीहरु वितरण गरिएको छ ।
नगरको वडा नम्बर १२ मा सम्पन्न कार्यक्रममा पशु तथा कुखुरापालन र उद्यमीलाई सामग्री वितरण गरिएको हो । विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४९ जना उद्यमी तथा व्यावसायिक कृषकलाई बोयर जातको बिउँ बोका, जस्तापाता, सिलाई मेसिन लगायत वितरण गरिएको उल्लेख छ ।