८ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं,असार ३१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार प्रतितोलामा एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँले घटेर एक हजार १४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।