पुष्पा भुसाल बनिन् उपसभामुख
दाङ,असार ३१ । नेपाली काँग्रेस नेत्री पुष्पा भुसाल उपसभामुखमा निर्वाचित हुनुभएको छ ।
शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार भुसालको पक्षमा १४८ मत परेको थियो । उनकी प्रतिष्पर्धी नेकपा (एमाले)की भट्टराईलाई ५५ मतले पराजित हुनुभयो । भट्टराइले ९३ मत पाउनुभयो ।
अर्घाखाँचीको पोखराथोककी भुसाल वि.सं. २०२८ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख खालि थियो