बुटवलमा युवाहरु मिलेर खोले एनिमल हस्पिटल
बुटवल,असार ३१ । रूपन्देहीको बुटवलमा पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ । पशु चिकित्सा क्षेत्र व्यवसाय गर्ने र अनुसन्धान समेत गर्ने गरी तीन जना युवा मिलेर पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याएका हुन् । तीन पशु चिकित्सकहरू डा. सन्दिप भट्टराई, डा.पदम टन्डन र डा.अभिनास क्षेत्रीको संयुक्त लगानीमा उक्त हस्पिटल सञ्चालनमा आएको हो ।
बुटवललाई केन्द्र विन्दुमा राखी आसपासका क्षेत्रहरुका कृषकहरुले पाल्ने घरपालुवा तथा व्यवसायिक पशुपन्छी, फार्मका पशुहरुको उपचार रोग निदान,परामर्श र हरेक किसिमका समस्याहरुको समाधान एकै ठाउँमा प्रदान गर्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याईएको एनिमल हस्पिटलका निर्देशक डा.अभिनास क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार बुटवल ८ सुखानगरमा २५ लाख लगानीमा अस्पताल स्थापना गरिएको हो।
हस्पिटलमा विशेषज्ञ डाक्टरबाट २४ सै घण्टा सेवा, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा, डिजिटल एक्स(रे सेवा, इमरजेन्सी सेवा, घरपालुवा जनावरहरुको रोग निदान तथा सम्पुर्ण किसिमका उपचार र सबै खाले शल्यक्रिया परामर्श सेवा उपलब्ध हुने सञ्चालक भट्टराईले बताए ।
एनिमल हस्पिटल सुरु भएसंगै पशुपालक किसानलाई पशुहरुलाई लागेको रोग पत्ता नलागेर मर्नुपर्ने बाध्यता हट्ने संचालक डा. पदम टन्डनले बताए ।