राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण



काठमाडौं,असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका १३ वटा विधेयक  प्रमाणीकरण गरेकी छिन ।

दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

विधेयकको नाम र प्रमाणीकरण मिति :

-लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक२०७९/३/३१,

-आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,

-ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

-राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१,

-नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९/३/३१,

-तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७९/३/३१,

-यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक२०७९/३/३१, 

-फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

-नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

-सामाजिक सुरक्षा २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१,

-औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१, 

-स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/३१ र

-रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/३/३१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्