काठमाण्डौ महानगरले सार्वजनिक गर्यो कुहिने र नकुहिने फोहर सङ्कलनको तालिका
काठमाण्डौ,असार ३२ । यही साउन १ गतेदेखि काठमाण्डौ महानगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलन तालिका सार्वजनिक गरेको छ ।
महानगरले एक सूचना निकालेर कुहिने फोहर सङ्कलन गर्ने दिन आइतवार र बुधवार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमवार र शुक्रवारलाई तोकेको छ ।
फोहरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबानासमेत हुने सूचनामा उल्लेख छ ।