टोखा नगर १ नम्बर वडाको उदाहरणीय काम, राखियो मन्दिर तथा झरना परिचय बोर्ड



काठमाडौं,साउन ४ । टोखा नगरपालिका वडा नम्बर १ ले उदाहरणीय काम गरेको छ । यस क्षेत्रकै परिचित मन्दिर तथा झरना परिचय गराउने बोर्ड राख्दै वडाले उदाहरणीय काम गरेको हो ।

कतिपय नव आगन्तुक गुगलबाट गन्तव्य पहिचान गर्दै झरना पुग्नु परेको समयमा मन्दिर तथा झरना परिचय बोर्ड ठाउँ ठाउँमा स्थापना गरेसंगै यस प्रकारको समस्या समाधान हुने स्थानीयले बताएका छन् ।

उपत्यकाकै पर्यटकीय गन्तव्य मानिदै आएको बौडेश्वर मन्दिर तथा झरनाको सरक्षण, प्रवर्द्धन र यस क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्येश्य रहेको १ नम्बर वडा कार्यालयले जनाएको छ ।

नव निर्वाचित अध्यक्ष रमेशकुमार लामिछानेले झरना तथा मन्दिर प्रचारप्रसार गरेर मात्र पनि यस क्षेत्रबाट भित्रिएको राजस्वले झोरको बिकासमा कायापलट हुने बताए । वडाले बुधबार सिमाचौर चोक र लालबारी चोक लगायत विभिन्न स्थानमा मन्दिर तथा झरना को परिचयसहितको बोर्ड राखिएको अध्यक्ष लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्