मर्जर प्रक्रियामा रहेकाे रिलायन्स लाइफको कसरी भयो कारोवार ? नेप्से भन्छ- अनुसन्धान थाल्याैं
काठमाडौं,साउन १४ । मर्जर प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको शुक्रवार शेयर कारोवार भएको छ । नेप्सेले असार २९ गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँगको मर्जर प्रक्रियाका कारण कम्पनीको शेयर कारोवार रोक्का गरेको थियो ।
शुक्रवार कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको प्लोरसिटमा देखिएपछि कम्पनीको शेयर कारोवार भएको पत्ता लागेको हो । यस विषयमा नेप्सेले काराेवार रोक्का गरी अनुसन्धान शुरू गरेको जनाएको छ ।
शुक्रवार कम्पनीको २ लाख २४ हजार १२६ बराबरको ६१० कित्ता शेयर कारोवार भएको देखिएको छ ।
कारोवार भएको शेयरबारे अनुसन्धानपछि मात्र निर्णय लिन सकिने नेप्सेले जानकारी दिएको छ