देवी घर्ती र होम धितालको आवाजमा तीज गीत सम्धी सम्धिनी सार्वजनिक



काठमाडौं,साउन १४ । चर्चित गायिका देवी घर्ती र गायक होम धितालको आवाजमा नयाँ तीज गीत सम्धी सम्धिनी सार्वजनिक भएको छ । सम्धी सम्धिनी गीतमा स्वर देवी घर्ती, होम धिताल त्यस्तै छोराको भूमिका स्वरमा राजन पौडेलको रहेको छ भने लय शब्द र निर्देशन रेशम सापकोटाको रहेको छ ।

सामाजिक दृष्टान्त प्रस्तुत भएको तीज गीतमा रेजिना उप्रेती, होम धिताल, सुरबिर पण्डित र रोशनी सापकोटाको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सरोज शाहीको, शृङ्गार राजन पौडेल, निर्माण निर्मला धिताल र सम्पादन चर्चित भिडियो सम्पादक रोशन धितालको रहेको छ ।

धिताल फिल्मस् प्रा.लि.को अफिसियल युट्युब च्यानल ‘धिताल्स फिल्म’बाट सार्वजनिक भएको यस गीतलाई दर्शक श्रोताले उत्कृष्ट समसामयिक गीत भनी कमेन्ट गरिरहेका छन् ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्