सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं,साउन १५ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार १०० रुपैयाँ किनबेच भएको थियो।
आइतबार चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर १ हजार २३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ३५ रुपैयाँ बढेर चाँदी १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।