पच्चिस दिनपछि शर्मा फर्किए अर्थ मन्त्रालय, बिग्रिएको छवि सुधार्लान?
काठमाडौं,साउन १५ । अन्ततः अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थ मन्त्रालय फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको शपथ गराउनुभएको छ । गत असार २३ गते आफ्ना विषयमा छानबिन गर्न संसदीय समिति बनेसँगै मन्त्री शर्माले संसद्मा सम्बोधन गरेर राजीनामा दिएका थिए ।
२५ दिनपछि शर्माले आज अर्थ मन्त्रालयको बागडोर पुन सम्हाल्ने अवसर पाएका छन् । गत जेठ १४ गते राति अज्ञात व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दरहरू हेरफेर गराएको गम्भीर विषय संसदमा उठेपछि सरकारले संसदीय छानविन समिति बनाएको थियो ।
प्रतिपक्ष एमालेको माग बमोजिम सांसदले छानबिन गर्दा मन्त्री शर्माको विषयमा कुनै तथ्य र प्रमाण नभेटिएको भन्दै मन्त्री शर्मालाई क्लिन चिट दिएको थियो । सो छानबिन प्रतिवेदनमा एमालेले फरक मत राखेको थियो ।
करजस्तो महत्त्वपूर्ण विषयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय उठेका अर्थमन्त्रीले क्लिन चिट पाए पनि उनका विषयमा यसअघि धेरै विवादित काम नगरेका होइनन् । उनीमाथि लागेको कालो दाग मेटाउने मन्त्री शर्माको अन्तिम अवसर हो ।
शर्माले गल्ती गरेका होइनन् भने अर्थ सचिव मधुकुमार मराशैनी किन असहयोग गर्थे ? २५ दिनपछि मन्त्रीको स्वागतमा पनि अर्थसचिव नहुनुले आगामी दिनमा अर्थमन्त्री सामु थुप्रै चुनौती रहेका छन् ।