सरकारी मोटरसाईकल लिएर मसाजमा मस्ती, नुवाकोट शिवपुरीका अधिकृत भट्ट समातिए



काठमाण्डौं, साउन १६ । सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई ललितपुर प्रहरी परिसरले नियन्त्रणमा लिएको छ ।

जिल्लाको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । नुवाकोटको शिवपुरी गाउँपालिकामा कार्यरत आठौं तहका पूर्व अधिकृत ज्ञानेन्द्र भट्टलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्