विप्लवलाई थुन्न खोज्नु राजनीतिक बेइमानी : शंकर पोखरेल



दाङ,साउन १८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउन कुरा उचित नहुने तर्क गरेका छन् ।

बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनको बोल्दै उनले यस्तो बताए ।

उनले विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मूल धारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट पारे । उनले पुराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्