मंसिर ४ गते निर्वाचन मिति तोक्न सत्ता गठबन्धन सहमत



काठमाडौँ,साउन १८ । सत्ता गठबन्धनमा आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको पाँचदलीय गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने निर्णय भएको छ ।

निर्वाचन आयोगले पनि आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्