रुखमा मोटरसाइकल ठोकिँदा कपिलवस्तुमा दुई जनाको मृत्यु



कपिलवस्तु,साउन १८ । कपिलवस्तुमा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा बाणगङ्गा नगरपालिका वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताउनुभयो ।

बुधबार बिहान नगरपालिकाको वडा नम्बर २ मेचकुरीबाट लखन चोक जाँदै गरेको लु ६४ प ५७६२ नम्बर रुखमा ठोकिएको थियो । गुडिरहेको मोटरसाइकल अनियन्त्रित भएपछि रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैजना प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुराइएको थियो । अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, पिपराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्