आयातमा प्रतिबन्धको असर : असारमा करीब रू. ५३ लाखको खेलौना आयात

काठमाडौं,साउन १९ । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
ती वस्तुमध्ये खेलौनाको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको आयात रू. ५२ लाख ७५ हजारमा झरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा पुसमा सर्वाधिक रू. ११ करोडको खेलौना आयात भएको छ । गत आर्थिक वर्षमा खेलौनाको कुल आयात भने ७९ करोड ७० लाख रुपैयाँको भएको छ ।