कर्मचारी, सुरक्षाकर्मी, वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी
काठमाडौं,साउन १९ । आउँदो मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ । निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।
उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएको प्रमुख निर्वाचन आयुक्तले जनाएका छन् । उनीहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न पाउँछन् ।
स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् । तर त्यसपछि एक रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्ने पाउने आदेश दिएको थियो ।

