अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा, अर्थकाे जिम्मा राजस्व सचिवलाई नै



काठमाडौं,साउन २० । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थसचिवकाे समेत जिम्मेवारी दिएकाे छ । 

मरासिनीले अर्थमन्त्री जनार्दन शर्मामाथि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराइ करका दरमा हेरफेर गराएको आरोप लगाएका थिए । त्यसपछि बिदामा बसेका उनले शर्मा मन्त्री रहुञ्जेल कार्यालय नफर्किने बताएका थिए ।  

त्यसपछि प्रतिनिधिसभाले उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो । समिति गठन भएलगत्तै शर्माले संसदमै राजीनामाको घोषणा गरेका थिए। शर्माको राजीनामापछि मरासिनी कार्यालय फर्किएका थिए।

समितिले शर्मालाई निर्दाेष रहेको प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारले फेरि उनलाई अर्थमन्त्री नियुक्त गरेको हो । 

शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएपछि उनको सरुवा गरिएको स्राेतले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्