नुवाकोट भद्रुटारका किसानलाई कृषि सामग्री वितरण



नुवाकोट,साउन २० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका किसानलाई कृषि सामग्री वितरण गरिएको छ।

शुक्रबार एक कार्यक्रमका बीच कृषि सामग्री वितरण गरिएको कबिता कडेलले बताइन् । हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा फोकस नेपाल धादिङद्वारा आधार शिला सामाजिक उद्यमी महिला सहकारीको १० जना सदस्यहरुलाई उक्त सामग्री वितरण गरिएको सो संस्थाकी कडेलले बताइन् ।

वितरण गरिएको सामग्रीमा मिनिटिलर २ जनालाई, मकै छोडाउने मेसिन २ जनालाई, थ्रेसर १ जनालाई ट्याक्टर १० जनालाई वितरण गरिएको छ । कृषि सामग्री वितरण कार्यक्रममा ५ नम्बर वडाका वडाध्यक्ष्य माधबप्रसाद सिटौलाको समेत उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्