कोरोना अपडेट: थप ९१२ जनामा सङ्क्रमण, एकको मृत्यु



काठमाडौं,साउन २० । पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९१२ जनामा सङ्क्रमण पुष्टि भएको हो । साथै, २४ घण्टामा एकजना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ र तीन हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जना सङ्क्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा ३७० जना सङ्क्रमण मुक्त भएका छन् ।

त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्