यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय (सूचीसहित)



काठमाडौं,साउन २० । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले १३ ओटा निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराएका छन् ।

त्यस बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने लगायत अन्य १२ निर्णय भएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णयहरू

– शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने ।

– २०७९ साउन १ गतेदेखि लागू हुने गरेर निक्षेप सुरक्षणको सीमा ३ लाखबाट बढाएर ५ लाख रूपैयाँ पुर्याउने ।

– मध्य भोटेकोशी प्रशारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने ।

– नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरू मनोनयन गर्ने ।

– संयुक्त राष्ट्रसंघको प्रधानकार्र्यालयमा २०७९ भदौ १६ मा सञ्चालन हुने तेस्रो युनिस्कोपमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृत दिने ।

– लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृतिक भवन निर्माण गर्ने प्रयोजनका लागि लिजमा उपयोग गर्न दिन स्वीकृत दिने ।

– २०७९ कात्तिक ३ देखि ४ गतेसम्म विश्व कृषि स्थानमा हुने स्टेयरिङ कमिटी मिटिङ अफ दी ग्लोबल स्नोल लियोपड एण्ड इकोनोमी सिस्टम प्रोटेक्शन प्रोग्राम सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने ।

– सुरुङ्गा नगरपालिका सप्तरीकेन्द्र साविक मधुपट्टी हाल सुरुङ्गा नगरपालिका वडा नम्बर ४ मा रहेको ठाउँमा सुरुङ्गा नगरपालिका वडा नम्बर ५ को कुसा कायम गर्ने ।

– २०७९ असोज २७–२८ गतेसम्म इटालीको रोममा आयोजना हुने स्किल राइट्स केयर टाइम टू एक्ट लेसन्स लर्न फ्रम द इमर्जेन्सी सम्बन्धी फोर्थ ग्लोबल मेन्टल हेल्थ समिटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भ्वानीप्रसाद खापुङलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

– नेपाल प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव श्री दीपक काफ्लेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने ।

– नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्ने ।

– निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादवप्रसाद कोइरालासमेत ६ जना अधिकृतहरू सरुवा गर्ने ।

प्रतिक्रिया दिनुहोस्