निर्वाचनमा एमाले हारे देश हार्छ : अध्यक्ष ओली



काठमाडौं,साउन २० । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एमालेले हार्न नहुने बताएका छन् । एमाले हारेको खण्डमा देशले हार्ने उनको जिकिर छ ।पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको कार्यक्रममा सम्बोधनको क्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन ।

देशलाई हार्न नदिन हामी जित्नु अनिवार्य छ अध्यक्ष ओलीले थपे “देशलाई जोगाउन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हामी जित्नैपर्छ ।” जित्नेगरी तयारीमा जुट्न उनले पार्टी पङ्तिलाई निर्देशन दिएका छन् । 

मुख्य फोकस चाँहि निर्वाचनको तयारीमा काम गर्न उनले नेता, कार्यकर्तालाई निर्देशन गरे । “एमालेका लागि त केही छैन । प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । तर एमालेले हार्दा देश हार्छ” अध्यक्ष ओलीले भने, “एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनु पर्नेछ । देशलाई हार्न दिनुहुने छैन ।”

प्रतिक्रिया दिनुहोस्